देशका अधिकांश क्षेत्रको मौसम शुक्रबार सामान्यतया सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। पश्चिमी क्षेत्रका केही स्थानमा अहिले आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।
शुक्रबार दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ । राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।