चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ ।
हेटौंडाबाट रिफर भएर भरतपुर अस्पताल आएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान निधन भएको हो ।
गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
उनको स्वाब परीक्षण हुन भने बाँकी छ ।