मनहरी गाँउपालिका -९ रजैयामा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन ।
मृत्यु हुनेमा मोरङको सुन्दर हरैचा नगरपालिका–८ की ३० वर्षीया बिन्दा घिमिरे रहेको इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरले जनाएको छ ।
चितवनबाट हेटौंडा जाँदै गरेको ना ६३ प ५६९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालीमा खस्दा उनको मृत्यु भएको हो ।
त्यस्तै घाइते हुनेमा मृतक बिन्दाका श्रीमान लिलामणी घिमिरे रहेका छन् । घाइते उनको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।