प्रदेश पाँचमा कोरोनाको ७१ जनाको स्वाब परीक्षण गरिएकोमा कसैमा पनि कोरोना सङक्रमण नभएको देखिएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार परीक्षण गरिएका ७१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । एक सय ११ जना शंकास्पद बिरामीमध्ये ११ जना अहिले पनि उपचाररत छन् ।
प्रदेश पाँचमा रहेका २२६ वटा क्वरेन्टीनमा १ हजार ९६५ जना रहेका छन् ।