पटक-पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएको छ ।
चैत २३ गतेलाई बोलाइएको बैठक स्थगित भई चैत ३० गतेलाई तोकिएको छ । संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले शुक्रबार सूचना टाँस गरेर बैठक स्थगित भएको सूचित गरेका हुन्।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रास फैलिएसँगै नेपाल सरकारले देशभर अत्यावश्यक सेवा बाहेक ‘लकडाउन’ गरेको छ । सोही कारण बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ।
