logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

अत्यावश्यक खाद्यान्न सामग्री बोकेर हुम्ला पुग्यो तारा एयर


अंकुरण खबर
1.222K
Shares

नेपाल खाद्य संस्थानको अत्यावश्यक खाद्यान्न सामग्री बोकेर तारा एयर हुम्लाको सिमिकोट पुगेको छ ।

कम्पनीको ट्वीनअटर डीएचसी ६–३०० जहाज करिब १.५ टन खाद्यान्न बोकेर सिमिकोट गएको हो ।

नेपालको दुर्गम जिल्ला र सडक यातायातले नछोएको जिल्लामा जहाजबाटै खाद्यान्न पुर्‍याउनु पर्ने भएको छ ।

सरकारले लकडाउन अवधिभर नियमित आन्तरिक तथा बाह्य उडान रोकेको छ । तर, अत्यावश्यक वस्तुको आपूर्ति, मेडिकल उडान तथा अन्य सेवाका लागि भने चार्टर्ड उडान भइरहेको छ ।