logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोना भाइरस संक्रमित सातौं व्यक्ति फेला


अंकुरण खबर
1.482K
Shares

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट शंकास्पद संक्रमित अर्का व्यक्ति फेला परेका छन्।

यससँगै अब नेपालमा कोरोना भाइरसको संक्रमित व्यक्तिहरुको संख्या ७ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो। ती व्यक्तिको नमूना संकलन गरेर दोस्रो परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको प्रदेश सरकारले जनाएको छ ।

दोस्रो र तेस्रो परीक्षणमा पनि पोजेटिभ देखिए कोरोनाभाइरस भएको सुनिश्चित गरिने तर दोस्रो र तेस्रो परीक्षणमा नेगेटिभ देखिए मेसिनमै शंका गर्नुपर्ने स्रोतको भनाई छ।

नेपालमा अहिलेसम्म सात जनामा कोरोना संक्रमण देखिएको छ ।  संक्रमितहरु सबै विदेशबाट आएका छन् ।