logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

भारतमा नेपाली दम्पतीलाई कोरोना संक्रमण


अंकुरण खबर
1.586K
Shares

भारतको बैंग्लोरमा कामदारका रूपमा रहेका एक नेपाली दम्पतीमा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण भेटिएको छ।

बझाङ घर भएका ती दम्पतीमा कोरोना संक्रमण भेटिएको भिक्टोरिया अस्पतालले जनाएको छ । उनीहरूसँगै रहेका चार छोेराछोरीलाई भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको अस्पतालको भनाइ छ।

अस्पतालका अनुसार दुई साताअघि ती महिलामा कोरोना संक्रमण देखिएको थियो । उनी काम गर्ने परिवारकी महिला गत १२ मार्चमा लन्डनबाट बैंग्लोर आएकी थिइन्। ती महिलाको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उक्त परिवारका सबै सदस्यसहित कामदार महिलाको पनि स्वास्थ्य परीक्षण गरिएको थियो।

कामदार महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि स्थानीय प्रशासनले उनका पति र चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राखेको थियो।

स्वास्थ्य परीक्षणमा कामदार महिलाका पतिलाई पनि कोरोना संक्रमण देखिएको थियो। हाल उनीहरूको परिवारका सबै सदस्यहरूलाई केसी जनरल अस्पतालमा राखिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।