कैलालीको घोडाघोडी नगरपालिका-९ का २४ वर्षिय भुवन रावतलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
बिहीबार राति करिब १ बजे घरमा सुतिरहेको अवस्थामा रावतले जबर्जस्ती करणी गरेको युवतीले जाहेरी दिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।