सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयास र योजनाबारे प्रतिवेदनसहित हाजिर हुन स्वास्थ्यका अधिकारीहरुलाई आदेश दिएको छ ।
न्यायाधीश हरि फुँयालको एकल इजलासले आउने आइतबार कोरोना नियन्त्रणमा भएका प्रयास र रोकथामका योजनासहित उपस्थित हुन स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई उपस्थित हुन आदेश दिएको हो।
सर्वोच्चको आदेशअनुसार आगामी आइबार पेसी तोकिने कोरोना संक्रमण नियन्त्रणसम्बन्त्री अरु दुई निवेदनको सुनुवाइका दिन मन्त्रालयले गरेको कामको विवरण र योजनासहितको प्रतिवेदन पेस गर्नुपर्नेछ।
सर्वोच्च अदालतले गत हप्ताका पुराना दुई निवेदनलाई पनि एकसाथ राख्नु भनी आदेश दिएको छ।