logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा भीषण आगलागी, २५ घर जलेर नष्ट


अंकुरण खबर
3.289K
Shares

कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा भीषण आगलागी भएको छ । विजयनगर गाउँपालिका वडा नम्बर १ गुगौलीको सिङ्खो गाउँमा करिब २५ भन्दा बढी घरमा आगलागी भएको हो । एकै ठाउँमा रहेका फुसले छाएका घरहरूमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन् । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद गरी एक करोडभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना र स्थानीयले आगो निभाउदै छन् ।

अपराह्न ४ः३० बजे आगलागी भए पनि के कारणले आगलागी भएको हो खुल्न बाकी छ ।