सरकारले लकडाउन अवधिभर दैनिक उपभोग्य सामानमा छुट दिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गरिसकेको अवस्थामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । मन्त्रालयले निश्चित ठाँउ तोकेर दैनिक उपभोग्य सामानमा १० प्रतिशत छुट उपलब्ध गराउने तयारी गरेको छ ।
मन्त्रालयले सामान बिक्रीको निर्देशिका बनाई रहेको र यो अन्तिम अवस्थामा पुगेकाले छिट्टै छुट सहितका सामग्री सञ्चालनमा ल्याउने तयारी रहेको जनाएको छ ।
मन्त्रालयले सरकारका मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङले बिक्री गर्दै आएका खाद्यान्न, चामल, गेडागुडी, इन्डक्सन चुलो, नुुन, चिनी, एसटीसी ग्यासलगायतमा १० प्रतिशत छुट दिने छ ।