logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

बढी मूल्यमा पेट्रोल बेच्ने एक जना पक्राउ


अंकुरण खबर
767
Shares

बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन् ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा बजार मूल्यभन्दा बढी प्रतिलिटर ११० का दरले पेट्रोल बेचिरहेको अवस्थामा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पेट्रोलपम्पमा कार्यरत कर्मचारीले बिल नदिई बजार मूल्यभन्दा बढी रकम लिएर पेट्रोल बेच्दै आइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।