logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बहराइनको एक क्याम्पमा रहेका ९ जना नेपालीलाई एकैपटक कोरोना भाइरसको संक्रमण


अंकुरण खबर
897
Shares

बहराइनमा एकैपटक ९ जना नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ। यो सँगै बहराइनमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ।

यसअघि ३ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो। एउटै क्याम्पमा बसेका नेपाली कामदारमा कोरोना भाइरस पोजिटिभ देखिएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार बहराइनको सल्मावादस्थित एक क्याम्पमा कार्यरत विदेशी कामदारलाई कोरोना देखिएको थियो। त्यसपछि उक्त क्याम्पमा रहेका नेपाली कामदारको स्वास्थ्य परीक्षणका क्रममा ९ जनालाई पोजिटिभ देखिएको हो।

उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ। अझै त्यस क्याम्पमा कति नेपाली छन् भन्ने खुलेको छैन। बहराइनको स्वास्थ्य मन्त्रालय अनुसार शुक्रबारसम्म १२ नेपाली सहित २ सय ८६ जनाको उपचार भइरहेको छ।