logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैसाथ नेपालमा तीन जना कोरोना संक्रमित फेला


अंकुरण खबर
780
Shares

नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस पुष्टि भएको हो । भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, कैलालीको ३४ वर्षीय महिला मा संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कैलालीको ३४ वर्षीय महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको बताईएको छ ।

पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितमध्ये एकजना उपचारपछि निको भएर घर फर्केका छन् । विदेशबाट आएकाले नेपालमा कोरोना संक्रमण फैलाउने संभावना भएकाले सबैलाई थप सचेत हुन सरकारले आग्रह गरेको छ ।