अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनो भाइरसको संक्रम अत्याधिक फैलिएको न्यूयोर्कमा एक हजार सैन्य स्वास्थ्यकर्मी तैनाथ गर्ने योजनामा भएको जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा न्यूयोर्कमा मात्रै ६३० जनाको मृत्यु भएको छ योसंगै न्यूयोर्कमा मात्रै हालसमम ३ हजार ५ सय ६५ को मृत्यु भएको छ । पूरा अमेरिकाभरी ८ हजार ४ सय ५२ जनाको मृत्यु भएको छ ।
न्यूयोर्क शहरका मेयर बिल डे ब्लासियोले करिब ४५ हजार थप स्वास्थ्यकर्मीको आवश्यकता पर्ने बताएका छन् । एजेन्सी