logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितको संख्या बढ्दै, लकडाउनमा थप कडाई


अंकुरण खबर
1.69K
Shares

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडा बनाएको छ ।

शनिबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

शनिबार एकैपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनलाई थप कडाइ गरेको हो । वैठकपछि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउनको समय बढाउने वा नबढाउने निर्णय भने अहिले भइ नसकेको जानकारी दिए ।

पहिलो चरणमा चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन घोषणा गरेको सरकारले कोरोना महामारीको खतरा बढ्दै गएपछि यसअघि नै चैत २५ गतेसम्मका लागि लकडाउन लम्ब्याइसकेको छ ।