सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।
लकडाउनको बाह्रौं दिन शनिबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ५७६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ५ सय ४७ दुई पांग्रे र ४२९ चार पांग्रे रहेका छन् ।
अनुमति नलिई आफुखुसी चलाएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।