logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इँटाभट्टाको पोखरीमा डुबेर मुकेश राईको मृत्यु


अंकुरण खबर
741
Shares

चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको मृत्यु भएको छ ।

गए राति इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।