logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साउदीमा पनि एक नेपाली कोरोनाबाट संक्रमित


अंकुरण खबर
962
Shares

कोरोनाबाट विभिन्न मुलुकमा नेपाली पनि संक्रमण हुने क्रम बढिरहेको छ। यसै क्रममा साउदी अरबमा पनि एक नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमणको अनौपचारिक जानकारी प्राप्त भएका नेपालीसँग टेलिफोन सम्पर्कमा रहेको नेपाली राजदूतावासले जनाएको छ।

साउदीमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ७९ पुगेको छ। कूल संक्रमितमध्ये हालसम्म ४२० जना निको भएका छन्। शनिबार ४ जना संक्रमितको मृत्यु भएसँगै मर्नेको संख्या २९ पुगेको छ।

साउदी सरकारले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका विदेशी नागरिकको आकामा ३ महिनाका लागि स्वतः नवीकरण हुने राहदानी निर्देशकको कार्यालयले जनाएको छ।

साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेकाले संक्रमण हुनबाट बच्न सावधानी अपनाउन आग्रह गरिएको छ।