घुस मागेको अडियो प्रकरणपछि राजीनामा दिएका तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटा अहिले भक्तपुर स्थित घरमैै छन्।
राजीनामा दिएपछि गुपचुप घरमै बसेका बाँस्कोटा पछिल्लो समय भने सामाजिक सञ्ञ्जाल मार्फत सक्रिय भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने बाँस्कोटा सरकार विरोधीहरुलाई ट्विटमार्फत जवाफ दिने गरेका छन्।
मुलुक कोरोना भाइरस विरुद्धको लडाईमा होमिदा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै पछिल्लो समय सरकारको आलोचना भइरहेको छ। यसमा नेकपाकै अर्को समुह हावी भएको बाँस्कोटाले आरोप लगाइरहेका छन्।
डिजिटल लाेकराज्यका अज्ञात नागरिकका नाममा
(कान तातेमा रआंखा तिरमिराएमा आंखा लडाउनु हुन)सबिनय अनुराेध गर्दै केपि ओलिकाे बिकल्प केपि ओलि मात्र हुन भन्छु ।काेहि कसैका लागि अहिले जारि दाैडधुप काेरनाबाट बच्न मात्र काम लग्छ।चिन हेराै न राजनितिक स्थिरताले कति दराे राज्य प्रणाली बन्छ।— Gokul Prasad Baskota (@GokulPBaskota) April 5, 2020
फेरि एकपटक ऊनैका नाममा आधारातमा हापशिलाे करायाे अनि फेकेजति जम्मै र केहि एकआंखे 'स्वतन्त्र' शिकारिहरु मेरापछाडि कुदे।यदि म देश र जनता मारा प्रमाणित भएंभने म माथिहुने सजायकाे हिस्सा यहांहरुले बाेक्न नपर्ने कुरा घाम जत्तिकै छर्लङै छ के रे।अब पनि टनटन हुन्छ भने मैले के सहयाेग गराै
— Gokul Prasad Baskota (@GokulPBaskota) April 5, 2020