logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धादिङको चेपाङ बस्तीमा दादुरा प्रकोप : २ शिशुको मृत्यु, १५० बिरामी


अंकुरण खबर
1.144K
Shares

धादिङको बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत विभिन्न वडास्थित चेपाङ बस्तीमा फैलिएको दादुरा-रुबेलाबाट दुई शिशुको मत्यु भएको छ भने डेढ सय बालबालिका बिरामी भएका छन्।

बेनीघाट रोराङका वडा नम्बर १ ४ र ६ वडाका विभिन्न वस्तीमा २ महिनायता दादुराको प्रकोप फैलिएको हो। जहाँ चेपाङ समुदायको मात्रै बसोबास छ।

यो प्रकोपका कारण वडा नम्बर ६ मा अढाई वर्षकी अनिसा चेपाङ र वडा नम्बर की ४ का ८ महिने शिशु सुशान्त चेपाङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले जानकारी दिए । उनका अनुसार एक जनाको चैत ११ गते र अर्काको १५ गते मृत्यु भएको थियो।

प्रकोपका कारण अझै डेढ सय चेपाङ बालबालिका बिरामी छन् । तर हाल स्थिति सामान्य बन्दै गएको जनाइएको छ ।