logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसईई र कक्षा १२ को परीक्षा सँगै गर्न सकिने : परीक्षा बोर्ड


अंकुरण खबर
2.041K
Shares

राष्ट्रिय परिक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ।

कोरोनाका कारण जोखिम बढेपछि सरकारले चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित गरेको थियो। कक्षा ११ को परीक्षा बैशाख २१ गते र १२ को परीक्षा बैशाख ८ मा तोकिएको छ। लकडाउन खुलेपछि परीक्षाको प्रक्रिया अगाडी बढाउने बोर्डको तयारी छ। बोर्डले एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्‍चालन गर्न सकिने बताएको छ।

सरकारले चैत २५ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ। गत आइतबारको मन्त्रिपरिषद्को बैठकले २५ गते १२ बजेसम्म लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको थियो। लकडाउन समय थप लम्ब्याउने बारे हालसम्म कुनै निर्णय भएको छैन।