स्वास्थ्य मन्त्रालयले भक्तपुरको खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जना नेपाली नागरिकको कोभिड-१९ परीक्षण नेगेटिभ आएको बताएको छ ।
आइतवार नियमित प्रेस ब्रिफिङ गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सबैको परीक्षण भएको र कुनैमा पनि संक्रमण नदेखिएको बताएका हुन् ।
मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको हो।
सरकारले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको क्वारेन्टाइनमा राखिएको थियो।
देवकोटाका अनुसार हालसम्म नेपालमा कोरोना शंकास्पद देखिएका मध्ये १ सय ५० जना रेड जोनमा रहेको बताए । ती मध्ये आज २४ जनालाइ रेड जोनमा राखिएको बताए । रेडजोनमा परेकालाई बिशेष निगरानीमा राखेर उपचार गरिने उनको भनाइ छ ।