logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना रोकथाम तथा नियन्त्रणको लागि देशैभर ५० हजार स्वयंसेविका परिचालन


अंकुरण खबर
1.43K
Shares

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले देशैभर ५० हजार ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो अभियानमा परिचालित हुने स्वयंसेविकालाई पारिश्रमिक र बीमा व्यवस्था गरिने छ ।

त्यस्तै बैठकले क्वारेन्टाइन तथा राहत वितरणको विद्यमान व्यवस्था परिमार्जन गर्ने निर्णय पनि गरेको छ । स्वास्थ्य सामग्री खरिद प्रक्रिया सार्वजिनक खरिद ऐनको व्यवस्थामै टेकेर जी टू जी, निजी र प्रतिस्पर्धाबाट तथा सोझै खरिद गर्ने बाटो खुल्लै राख्ने लगाएतका विषयमा पनि छलफल गरिएको छ ।

अब कोरोना संक्रमण देखिएको बिरामीलाई लिन जाने टोलीमा नेपाली सेना र स्वास्थ्यकर्मी रहने छन् ।  त्यस्तै क्वारेन्टाइनमा बसेकाहरूमा लक्षण नदेखिएपछि विनापरीक्षण घर पठाउने गरिएको थियो । तर, अब त्यस्ता व्यक्तिलाई परीक्षणपछि मात्रै घर जान दिने निर्णय गरेको छ ।