आबिष्कार केन्द्रका सञ्चालक महावीर पुनले ड्राइभरहरुलाई निशुल्क पीपीई बितरण गर्ने गर्दैछन् ।
आज काठमाडौं उपत्यकामा एम्बुलेन्स चलाउने ड्राइभरहरुलाई पीपीइ वितरण गर्ने पुनले जनाएका छन् । काठमाडौं उपत्यकामा एम्बुलेन्स ड्राइभरहरुले पीपीईको अभावमा एम्बुलेन्स चलाउन छाडेको खबर आएपछि पुनले आफ्नो आबिष्कार केन्द्रबाट पीपीइ बितरण गर्ने जानकारी दिएका छन् ।
उनले समाजिक संजलमार्फत सूचना जारी गर्दै आफुले चलाउने एम्बुलेन्स र लाइसेन्स लिएर किर्तिपुरस्थित राष्ट्रिय आबिष्कार केन्द्रमा आउन ड्राइभरलाई आह्वान गरेका छन् ।
आज दुई बजेपछि एम्बुलेन्ससहित केन्द्रमा आउने ड्राइभरलाई एकथान निशुःल्क पीपीइ दिने उनले घोषणा गरेका छन् ।