logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

अमेरिकामा बाघमा पनि कोरोना भाइरसको संक्रमण देखियो


अंकुरण खबर
1.651K
Shares

अमेरिकाको चिडियाघरमा रहेको बाघमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।

अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा रहेको बाघलाई कोरोना भाइरसको संक्रमण देखिएको बीबीसीले उल्लेख गरेको छ । चार वर्षको बघिनीलाई चिडियाघरमै संक्रमण देखिएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको छ ।

नाडिया मलायन प्रजातिको बाघ हो । उक्त चिडियाघर रहेको अर्को मलायन बाघसँगै दुई अमुर प्रजातिको बाघ तथा तीन अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाको न्यूवोर्कमा कोरोना भाइरस संक्रमितको संख्या अत्याधिक बढेको छ । जनावरमा कोरोना भाइरसको संक्रमण देखिएको यो पहिलो घटना हो ।

चिडियाघरले भाइरस कसरी जनावरमा सर्यो भन्ने अझै पत्ता नलागेको बताएको छ । चिडियाघरका अन्य जनावरमा भने बिरामीको लक्षण देखिएको छैन । लक्षण नदेखिएका संक्रमितको माध्यमबाट यो भाइरस जनावरमा सरेको हुन सक्ने चिडियाघरले बताएको छ ।

यस अघि बेल्जियममा बिरालो तथा हङकङमा कुकुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।