काठमाडौं – रुकुम पुर्ब पुथाउत्तरगंगा गाउँपालिकामा (डेलिभरी केश) सुत्केरी व्यथा लागेकी एक महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
सोमबार बिहान प्रतिनिधि सभा सदस्य माननीय कमला रोका, जिल्ला प्रशासन र मन्त्रालयसँगको समन्वयमा रुकुम पुर्ब पुथाउत्तरगंगा गाउँपालिक वडा नं. २, हिम निवासी ३१ वर्षीय रमिता झाक्रीको उद्धार गरिएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषमार्फत सुत्केरीको उद्धार गरिएको प्रतिनिधिसभा सदस्य कमला रोकाले बताइन् ।
प्रशव पिडामा छट्पटाईरहेकी उनको तीन/चार दिनसम्म पनि डेलिभरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर बिरामीलाई नेपालगन्ज स्थित कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको रोकाले जानकारी दिएकी छन् ।