logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय क्वारेन्टाइमा नेपाली महिलाले जन्माइन शिशु, कोभिड नाम राखियो


अंकुरण खबर
832
Shares

भारतमा कोरोना भाइरस रोकथामको लागि भारतले २१ दिन लामो लकडाउनको घोषणा गरेको छ। लकडाउने उद्योगधन्दा एबं होटलहरू, रेस्टुरेन्टहरू बन्द छन्। बस, रेल तथा विमानमा पनि पूर्ण रोक लगाइएको छ।

लकडाउनको मारमा परेका मजदुरहरु सहर छाडेर आफ्नो गाँउ जाने गरेका छन्। कमाउने थलो बन्द भएपछि मारमा परेका मजदुरहरू राजधानी दिल्लीबाट लामो यात्र हिडेरै गाँउ फर्केने गरेका छन्।

दिल्ली छोडेर गाउँको लागि पैदल हिडेनेमा भारतीय मात्रै छैनन् नेपाली समेत रहेका छन्। हिँडेर गाँउ लागेकाहरुमध्ये उनीहरूका गाउँम पुगेका छन् भने केहीलाइ प्रशासनले बीच बाटोमै नियन्त्रणमा लिएर क्वारेन्टाइन केन्द्रमा राख्ने गरेको छ।

राजधानी दिल्लीको एक होटलमा काम गर्ने एक नेपाली दम्पती हिडेर घर जाँदै गर्दा युपीको रामपुरमा रहेको क्वारेन्टाइनमा छन्। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको हो।

समाचार एजेन्सी एएनआईका अनुसार क्वारेन्टाइनमा रहेकी महिलाले एक शिशुको जन्मदिएकी छन्। शिशुको नाम कोभिड राखिएको छ। आमा र शिशु स्वस्थ रहेको बताइएको छ। उक्त दम्पती नेपालको बझांग जिल्लाको रहेको बताइएको छ।