logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

डोटीमा गोली हानेर युवतीको हत्या, आशंकामा श्रीमान पक्राउ


अंकुरण खबर
923
Shares

डोटीमा गोली हानेर एक युवतीको हत्या गरिएको छ।

जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ४ देउथलामा गोली प्रहार गरी २० वर्षीया अनिता वनको हत्या गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले गोली हानेर युवतीको हत्या भएको पुष्टि गरे। उनको हत्यामा भरुवा बन्दुक प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका श्रीमान २२ वर्षीय खडक वनलाई पक्राउ गरेको छ। अहिले जिल्ला प्रहरी कार्यालयबाट टोली घटना स्थल पुगेको डोटी प्रहरीले जनाएको छ। अनिताले केही दिनअघि प्रेम विवाह भएको बुझिएको छ।