logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन उल्लंघन गर्ने स्कटिस स्वास्थ्य प्रमुखद्वारा राजीनामा


अंकुरण खबर
1.027K
Shares

स्कटल्यान्ड, संयुक्त अधिराज्यभर हाल लकडाउन घोषणा गरिएको छ । नोभेल कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि गरिएको लकडाउनमा मानिसहरुलाई घर बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक कामका लागि मात्रै घरबाहिर निस्किन छुट दिइएको छ ।

मुलकभर नोभेल कोरोना भाइरसविरुद्ध गरिएको लकडाउन कार्यान्वयनमा निकै गम्भीरता अपनाइएको छ । अपवादबाहेकका घटनाहरु सामाजिक दूरी कायम गराउन लागु गरिएका यस्ता प्रावधान मानिएका छन् ।

स्कटल्यान्डकी स्वास्थ्य प्रमुख कथरिन काल्डेरवुडले दुई पटक घरबाहिर आवतजावत गरेको पाइएको थियो । जुन संयुक्त अधिराज्यभर प्रतिबन्ध गरिएको छ । उनलाई पहिलो पटक त्यसो नगर्न आग्रह गरिएको थियो । फेरि दोहोर्‍याएपछि उनलाई पदबाट राजीनामा दिन भनिएको हो ।

स्कटिस लेबर हेल्थका प्रवक्ताले भनिन्, उनका गतिविधिले स्कटल्यान्डको महामारी रोक्न चालिएका कदमविरुद्ध र उनको विश्वसनीयताप्रति नै प्रश्‍न उठेको छ । उनका अनुसार डा. काल्डेरवुडले आज राजीनामा दिएकी हुन् ।

हरेकले कोरोना भाइरसको संक्रमण रोक्न चालिएको कदमविरुद्ध चालिएको महत्त्वपूर्ण कदम भएको र हरेकले यो नियम मान्‍नुपर्ने सन्देश दिएको बीबीसीले जनाएको छ ।