logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युएईमा थप ३ जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या ११ पुग्यो


अंकुरण खबर
858
Shares

युएईमा थप ३ जना नेपालीमा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै युएईमा कोरोना संक्रमित नेपालीको सख्या ११ पुगेको युएई स्थित नेपाली दूतावासले जनाएको छ।

हालसम्म यूएईमा २ जना नेपाली उपचार पश्चात निको भएका छन्। ९ जनाको स्थिति सामान्य अवस्थामा उपचार भइरहेको दूतावासले जनाएको छ।

अहिलेसम्म यूएईमा १७९९ कोरोना जना संक्रमित भएका छन्। संक्रमितमध्ये १४४ जना उपचारपश्‍चात निको भएका छन् भने १० जनाको मृत्‍यु भएको छ।