logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको उल्लंघन गरी पटाका पड्काउने १४ जना रिहा


अंकुरण खबर
910
Shares

लकडाउनको उल्लंघन गरी पटाका पड्काएको आरोपमा जनकपुरधामबाट पक्राउ परेका १४ जना आज रिहा भएका छन्।

आइतबार साँझ पटाका पड्काएको आरोपमा जनकपुरधाम-४ मा डेरागरी बस्दै आएका बाराको कलैया नगरपालिका-२ का ३५ वर्षीय रामप्रकाश साहसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको थियो।

लकडाउन उल्लंघन गरी पटाका पड्काएको आरोपमा पक्राउ परेका सबै जनालाई आज जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो। प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको निर्देशनमा जरिबाना गरेर उनीहरूलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार राति भारतसँगै मधेसका जिल्लाहरूमा समेत दिपावली गरिएको थियो। सोही क्रममा जनकपुरधामसहितका ठाउँमा सर्वसाधरणले पटाका पड्काउँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।