logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना सङ्क्रमित युवतीसँगै कतारबाट जहाजमा आएका खोटाङका एक युवकको कोरोना रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.079K
Shares

कतारबाट नेपाल फर्किएका खोटाङका दुई जनामध्ये एकजनाको स्वाब परीक्षण (कोभिड–१९) रिपोर्ट नेगेटिभ आएको छ ।

फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी कोरोना सङ्क्रमित युवती आएकै जहाजमा आएका जन्तेढुंगा गाउँपालिका–३ का ती युवकको नमुना (स्वाब) परीक्षण कोरोना नेभेटिभ देखिएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको स्वाब परीक्षण गरिएको थियो । उनको नमूना संकलन गरेर परीक्षणका लागि चैत २१ गते राति धरान पुर्याइएको थियो । घर आएको १४ दिनभन्दा बढी बितिसकेको भए पनि संक्रमण भए/नभएको यकिन गर्न उनको स्वाब परीक्षणमा पठाइएको थियो ।

विदेशबाट आएर घरैमा बसिरहेका उनलाई गाउँपालिकाको पहलमा गएको चैत १२ गतेदेखि होम क्वरेन्टीनमा राखिएको छ । त्यही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जनालाई भने धरानमा क्वरेन्टीनमा राखिएको छ।