logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कर्णालीका ७९ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’


अंकुरण खबर
923
Shares

कर्णाली प्रदेशका ७९ जनाको कोराना परीक्षण गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

कर्णालीमा कोरोना परीक्षण ल्याब सञ्चालनमा ल्याउनुपूर्व ३१ जनाको ‘स्वाब’काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको थियो। ति सबै रिपोर्ट पनि ‘नेगेटिभ’ आएको हो।

स्वास्थ्य सेवा निर्देशनालयका ल्याब इन्चार्ज ओम आचार्यका अनुसार हालसम्म ७९ जनाको ‘स्वाब’ परीक्षण गरिएको छ। आइतबारसम्म ४८ जनाको सुर्खेतमै परीक्षण गरिएको हो। सोमबार ११ जनाको परीक्षण भइरहेको इन्चार्ज आचार्यले बताए।

आचार्यका अनुसार ‘स्वाब’ संकलनलाई तीव्रता दिन दुई ओटा टोली पहाडी र हिमाली जिल्ला गएका छन्। कालिकोट, जुम्ला, दैलेख, सल्यान, जाजरकोट र रुकुमपश्चिम जिल्लामा ‘स्वाब’ लिन टोली परिचालन गरिएको छ।

सुदूरपश्चिममा कोरोनाको संक्रमण देखिएपछि जिल्लाकै ल्याबका स्वास्थ्यकर्मीलाई ‘स्वाब’ संकलन सम्बन्धी प्रशिक्षण दिइरहेको छ । हाल भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरूको ‘स्वाब’ परीक्षण गरिरहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।