logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नेताहरुको दबाब : नेकपा सचिवालय बैठक मंगलबार बस्दै


अंकुरण खबर
1.04K
Shares

पार्टीभित्र सचिवालयको बैठक बोलाउन नेताहरुले दबाब दिएपछि सत्तारुढ नेकपाको सचिवालय बैठक मंगलबार बस्ने भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने भएको हो। चैत ५ गतेपछि नेकपाको सचिवालयको बैठक बस्न सकेको छैन।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अपरान्ह सचिवालय बैठक बोलाएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

बैठकमा कोरोना भाइरसबाट जोगिने उपाय, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता लगायतका विषयमा छलफल हुनेछ। कोरोनाको कारण देशमा लकडाउनको अवधि सरकारले दोस्रो पटक थप गरेर वैशाख ३ गतेसम्म पुर्‍याएको छ।

प्रधानमन्त्री सक्रिय हुनुपर्ने बेला मौन बसेको भन्दै पार्टीमा तीव्र आलोचना भइरहेको बेला नेकपाको सचिवालय बैठक डाकिएको जनाइएको छ ।