प्रधानमन्त्री केपी ओलीले आज पुनः देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिन आज बिहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आफूले सम्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा गराएका थिए ।
लक डाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गरेका थिए ।