हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा अपरान्हपछि आंशिक बदली भई एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्य ठाउँको मौसम सामान्यतया सफा रहने छ ।
त्यस्तै आज (मंगलबार) राति भने देशका पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली भई बांकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।