logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला स्वास्थ्य स्वयंसेविकालाई दैनिक १५ सय भत्ता


अंकुरण खबर
754
Shares

सरकारले कोरोना भाइरस रोगथाम तथा नियन्त्रणको अभियानमा परिचालन हुने स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप दैनिक १५ सय रुपैयाँ भत्ता दिने भएको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन्। सरकारले कोरोनाविरुद्धको अभियानमा परिचालित हुने स्वास्थ्य स्वयंसेविकाहरुलाई दैनिक १५ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको हो ।

‘स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना रोकथाममा परिचालन गर्न, क्वारेन्टाइनमा नागरिकहरु बसे–नबसेको हेर्न र अरु स्वास्थ्य सेवाको काममा उत्प्रेरित गर्नका लागि एक पटकका लागि प्रतिव्यक्ति १५ सय प्रोत्साहन स्वरुप दिने निर्णय भएको छ,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीका अनुसार परिचालित स्वयंसेविकाहरुले क्वारेन्टाइनमा बसे नबसेको हेर्ने र अरु स्वास्थ्य सेवाको काम गर्नेछन्।

सरकारले हालैमात्र ५० हजार स्वास्थ्य स्वयंसेविकालाई देशभर परिचालन गर्ने निर्णय गरेको थियो ।