नवलपरासी, गैंडाकोट नगरपालिका-५ स्थित सडकमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालक मृत्यु भएको छ ।
गए राति ना.५२ प ३९८६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने ५२ वर्षीय टक बहादुर गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाइएको छ ।