logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा दाइको हत्या अभियोगमा भाइ पक्राउ


अंकुरण खबर
1.248K
Shares

दाङमा दाइको हत्या गरेको अभियोगमा भाइ पक्राउ परेका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर १ रसरीखोलाका २३ बर्षीय जसराम कामीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादमा आफ्नै सहोदर दाई ३२ वर्षीय प्रेम कामीको हत्या गरेको अभियोगमा जंगलमा लुकेर बसेको अवस्थामा भाइलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले कर्तव्य ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कारबाही अघि बढाएको जनाएको छ । पाँच दिन अघि उपचारको क्रममा कामीको ज्यान गएको थियो ।