कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका एक बिरामीको रिपार्ट नेगेटिभ आएको छ ।
सोमबार साँझ ८ बजे बिजयनगर गाउँपालिका-२ जलैयाका ३० वर्षे गोभर्धन भरको उपचारका क्रममा मृत्यु भएको थियो । उनको स्वाब (नमूना) परीक्षणका लागि प्रादेशिक प्रयोगशल, भैरहवामा २ दिनअघि नै पठाइएको थियो ।
मंगलबार आएको प्रतिवेदनमा रिपोर्ट नेगेटिभ देखिएको अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए ।