भारतमा उपचाररत कोरोना संक्रमित नेपाली अस्पतालबाटै भागेका छन्।
दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको तबलिगी जमात भेलामा सहभागी सुनसरीका ६५ वर्षीय जमाती मुल्ला मोल्बी उत्तर प्रदेशको बागवत अस्पतालबाट उपचारकै क्रममा भागेको त्यहाँको प्रहरीले जनाएको छ।
अस्पतालबाट भागेर उनी नेपाल छिरेको आशंका गरिएको छ।
भारतमा कोरोना संक्रमण फैलाउन मुख्य भूमिका खेलेको भनिएको उक्त मुस्लिम धार्मिक सभामा सहभागी भएका जमाती अस्पतालबाट भागेका हुन्।
नेपालमा बस्ने उनलाई तीन दिन अघि कोरोना पोजेटिभ पाइएको थियो । उनी सोमबार राति भागेको आजतकले जनाएको छ । तीन दिन अघि परीक्षण रिपोर्ट कोरोना पुष्टि भएपछि उनलाई आइसोलेशन वार्डमा राखिएको थियो ।
अस्पतालबाट कोरोना संक्रमित फरार भएपछि उनीबाट थप संक्रमण फैलाउन सक्ने भन्दै त्यहाँको प्रहरीले तस्बिरसहितको अपिल सार्वजनिक गरेको छ। ति व्यक्तिको खोजी भइरहेको बताइएको छ ।
