logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

बेलायतले आफ्ना नागरिक बुधबार र शुक्रबार लैजाने


अंकुरण खबर
923
Shares

लकडाउन सुरु भएयता करिब तीन हजार विदेशी नागरिक नेपालबाट स्वदेश फर्किएका छन् । तर, अझै सयौं पर्यटक नेपालमै छन् ।

काठमाडौं बाहिर रोकिएका पर्यटकलाई सरकारले उद्धार गरेर काठमाडौं ल्याउने काम रोकिएको छ । तर, कुनै दूतावासले आफ्ना नागरिकलाई फिर्ता लैजान चाहेमा भने बोर्डले स्थानीय प्रशासनको समन्वयमा काठमाडौं ल्याउने गरेको छ ।

यसैबीच बेलायतले नेपालबाट बुधबार पहिलो चार्टर्ड उडानमार्फत आफ्ना नागरिक फिर्ता लैजाने भएको छ । यसका लागि बेलायतले आफ्नै मुलुकको टीटान एयरवेजको जहाजबाट नागरिकलाई लैजाने भएको हो ।

बेलायतले दोस्रो उडान भने शुक्रबार गर्ने तयारी गरेको छ ।