logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित ८ जनाको स्वास्थ्य अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
806
Shares

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित ८ जनाको स्वास्थ्य अवस्था  सामान्य रहेको जनाएको छ ।

मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले कोरोना संक्रमित ८ जनाको अवस्थामा सामान्य रहेको जानकारी दिएका हुन् ।

यस्तै उनले मंगलबार नयाँ कोरोना संक्रमित नदेखिएको बताए ।  उनले अहिलेसम्म टेक प्रयोगशालामा  १८९६ जनाको परिक्षण भएको जानकारी दिए । मुलुकभर १०० जना आइशोलेशनमा रहेको र १७२ जना रेड जोनमा रहेको उनले बताए ।

त्यस्तै मुलुकभरका ९ स्थानबाट कोरोना परिक्षण सुरु गरिएको र यसलाई विस्तार गरिने छ । उनले कोरोना परिक्षणलाई तिव्र रुपमा बढाउने गरि काम भइरहेको पनि जानकारी दिए ।