सर्वोच्च अदालतले नेपाल–भारत सीमामा अलपत्र रहेका नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन आदेश दिएको छ ।
न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चले सरकारका नाममा आदेश दिदै सीमानामा रहेका र नेपाल आउन चाहने नागरिकलाई स्वदेश फर्काउन भनिएको छ ।
त्यस्तै तत्काल नेपाल प्रवेश सम्भव नभएमा कूटनीतिक पहल गरि त्यहाँ रहेका नागरिकलाई यथास्थानमा खाने बस्ने र स्वास्थ्य सुनिश्चितताको व्यवस्थाका गर्न र अन्य देशमा रहेका नागरिक समेत नेपाल फर्कन चाहेमा फर्कने व्यवस्था गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।