चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०९ देशमा फैलिएको छ। कोरोना भाइरसबाट अहिलेसम्म ८२ हजार २५ जनाको मृत्यु भएको छ भने १४ लाख ३० हजार ५९० जना संक्रमित बनेका छन्।
कोरोना भाइरसको संक्रमण छिमेकी देश भारतमा पनि तिब्र गतिमा फैलिएको छ । भारतमा एकै दिन कोरोनाबाट २४ जनाको मृत्यु भएको छ भने ५७३ जना नयाँ संक्रमित थपिएका छन्।
यो सँगै भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या १६० पुगेको छ भने ५ हजार ३५१ जना संक्रमित भएका छन्। जसमध्ये ४६८ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् भने ४ हजार ७२३ जनाको उपचार भइरहेको छ।