logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा ७२ जनाको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.404K
Shares

गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकोमा रिपोर्ट आएका मध्ये ७२ वटा नेगेटिभ देखिएको छ।

हाल ५२ को परीक्षण जारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

उनले सर्वसाधारणलाई कोरोना सङ्क्रमणबारे शङ्का लागेमा घरबाटै चिकित्सकीय परामर्श लिन सहयोग पु¥याउने लक्ष्यका साथ सञ्चालित हेलो डाक्टर १०९२ कार्यक्रम प्रभावकारी बनिरहेको पनि बताए।

हेलो डाक्टर कार्यक्रममा हालसम्म ४८५ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएका छन्। रासस