logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट अमेरिकामा एकै दिन १,९१९ को मृत्यु, विश्वभर १४ लाख २५ हजार बढी संक्रमित


अंकुरण खबर
910
Shares

विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वभर ८१ हजार ९६८ जनाको ज्यान गएको छ ।

२०९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट हालसम्म १४ लाख २५ हजार ७१६ मानिस संक्रमित भएको पुष्टि भएको छ । जसमध्ये तीन लाख एक हजार ८२८ जना उपचारपछि निको भएका छन् । १० लाख ४१ हजार ९२० जनाको उपचार भइरहेको छ ।

गएको २४ घण्टामा अमेरिकामा मात्रै झण्डै दुई हजार जनाको ज्यान गएको छ । एक हजार ९१९ जनाको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या साढे १२ हजारभन्दा धेरै पुगेको छ । ३ लाख ९५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

यस्तै फ्रान्समा पनि एकै दिन एक हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा ज्यान गुमाउनेको संख्या १० हजार पुगेको छ । इटलीमा १७ हजारभन्दा धेरै, स्पेनमा १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा विश्वका विभिन्न देशमा सात हजार तीन सय १४ जनाको ज्यान गएको छ भने ७९ हजार ६८० जना नयाँ बिरामी थपिएका छन् ।