logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रामेछापमा उपचाररत ज्वरोका बिरामीको मृत्यु, स्वाब परीक्षण हुन बाँकी 


अंकुरण खबर
1.04K
Shares

रामेछापको तामाकोशी अस्पतालमा तीन दिनदेखि उपचाररत एक वृद्धको मंगलबार राति मृत्यु भएको छ।

रामेछाप गेलुका ६५ वर्षीय वृद्ध दमको रोग भएका र तीन दिनदेखि ज्वरो आएपछि आइसोलेसन कक्षमा राखेर उपचार गराइरहेको अवस्थामा मृत्यु भएको हो।

मृतकको स्वाब परीक्षणको लागि बुधबार बिहानै धुलिखेल अस्पताल, काभ्रे पठाइएको अस्पतालले जनाएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनी विदेश नगएको र विदेशबाट फर्केका कुनै व्यक्तिको पनि सम्पर्कमा पुगेका थिएनन्।